२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सरुवा हुने कर्मचारीको संख्या १५ पुगेको छ।
यसअघि कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराईसहित ९ कर्मचारीलाई तानेको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले थप ६ कर्मचारीलाई तानेको छ ।
कर्मचारी प्रशासन शाखाबाट रातोपाटीलाई प्राप्त सूचीअनुसार तानिनेमा ६ नायब सुब्बाहरू छन् । उनीहरूलाई बिहीबारमात्रै तानिएको मन्त्रालय स्रोतले जानकारी दियो । यद्यपि उनीहरूलाई दिइएको पत्रमा मिति भने मंगलबारको राखिएको छ ।
त्यहाँबाट तानिएका युवराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पठाइएको छ । त्यस्तै दत्त लामालाई जिल्ला प्रशासन कार्यालय जाजरकोट, गोविन्दप्रसाद अधिकारीलाई जिल्ला प्रशासन कार्यालय गोरखा र तेजराज गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङ पठाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij