Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आदेश लेखनको कार्य सुरु, आजै आदेश आउने

लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आदेश लेखनको कार्य सुरु, आजै आदेश आउने


  • 2.6K
    Shares

    • images
    लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आदेश लेखनको कार्य सुरु,  आजै आदेश आउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ। 

    शुक्रबार जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए । 

    जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए । 

    सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु हुँदैछ । आजै आदेश आउनेछ ।

    बिहीबार  रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरिरहेका थिए ।

     

    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - १३:३०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij