Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मर्मतका लागि विद्युत पोल चढेका कर्मचारीको करेन्ट लागेर मृत्यु

मर्मतका लागि विद्युत पोल चढेका कर्मचारीको करेन्ट लागेर मृत्यु


  • 1.5K
    Shares

    मर्मतका लागि विद्युत पोल चढेका कर्मचारीको करेन्ट लागेर मृत्यु

    काठमाडौं । रूकुम पश्चिममा गएराति करेन्ट लागेर एक जना विद्युतका कर्मचारीको मृत्यु भएको छ। 

    रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ का  २९ वर्षीय खिमबहादुर खड्काको विद्युत मर्मतका लागि पोलमा चढेको समयमा करेन्ट लागेर मृत्यु भएको रूकुम पश्चिमका प्रहरी प्रवक्ता  प्रहरी निरीक्षक ऋषि पाठकले बताए। 

    बिहीबार राति सवा दश बजेतिर मुसीकोट नगरपालिका –४ बोहरागाउँमा विद्युत मर्मतका लागि खड्का पोलमा चढेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।   

    खड्का नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रूकुम पूर्वमा सेवा करार हेल्परमा कार्यरत थिए। रूकुमकोट वितरण केन्द्रमा कार्यरत खड्का रूकुम पूर्वमा विद्युत अवरूद्ध भएपछि मर्मतका लागि पोलमा चढेका बेला करेन्ट लागेको थियो। 

    करेन्ट लागेर  खड्काको घटनास्थल (बिजुलीको तार)मै मृत्यु भएको प्रहरी निरीक्षक पाठकले बताए। केन्द्रीय प्रसारण लाइनको तार नजिकै उनले रातिमा मर्मतको काम गरिरहेका थिए। त्यही क्रममा सोलाबाङ लघु जलविद्युत आयोजनाको तारमा छुन पुग्दा खड्कालाई करेन्ट लाग्न पुगेको थियो।  

    प्रहरी निरीक्षक पाठकले खड्काको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सल्लेमा पठाइएको जानकारी दिएको छ।

    images
    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - १२:२९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij