Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बिहानै चितवनमा बससँग कार ठोकियो, कार चालकको मृत्यु

बिहानै चितवनमा बससँग कार ठोकियो, कार चालकको मृत्यु


  • 2.2K
    Shares

    • images
    बिहानै चितवनमा बससँग कार ठोकियो, कार चालकको मृत्यु

    चितवन । चितवनमा आज शुक्रबार बिहान बस र कार आपसमा ठोकिँदा १ जनाको मृत्यु भएको छ।

    बिहान १:४५ बजे चितवनको खैरहनी नगरपालिका-२, ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा उदयपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आपसमा ठोकिएका हुन्। 

    चितवन प्रहरीका अनुसार दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदीप तिमिल्सिनाको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा बिहान ३ः०५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जानकारी दिए।

    उनका अनुसार बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - ०७:२४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij