२०८२ चैत्र २ गते सोमवार
बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ ।
सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।
लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।
भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij