Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सहकारीको कर्जा नतिर्ने एमाले नेता सोह्रखुट्टेबाट पक्राउ, एक वर्ष कैद

सहकारीको कर्जा नतिर्ने एमाले नेता सोह्रखुट्टेबाट पक्राउ, एक वर्ष कैद


  • 1.5K
    Shares

    सहकारीको कर्जा नतिर्ने एमाले नेता सोह्रखुट्टेबाट पक्राउ, एक वर्ष कैद

    काठमाडौं । सहकारीलाई ठगी गरेको आरोपमा सत्तारूढ दल नेकपा एमालेका एक नेता पक्राउ परेका छन्।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एमालेका नेता कृष्ण अर्याललाई सोह्रखुट्टेबाट पक्राउ गरेको एसपी काजीकुमार आचार्यले बताए। 

    अर्याल नेकपा एमालेको उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इन्चार्ज हुन्। काठमाडौँको दिगो पर्यटन सहकारी संस्थाबाट कर्जा लिएर नतिरेको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौँले एक वर्ष कैद र बिगो भराउने फैसला गरेको थियो।

    सहकारीले कर्जा रकम दिलाई पाऊँ भन्दै प्रहरीमा जाहेरी दिएको थियो। २०७४ जेठमै सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ लिएका अर्याल अटेरी गर्दै बसिरहेका थिए। 

    सहकारीले पटकपटक ताकेता गर्दा पनि नतिरेपछि यो मुद्दा अदालत पुगेको थियो। अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष कैद र बिगो वापतको साढे ११ लाख रुपैयाँ भराउने फैसला गरेको थियो। 

    जिल्ला अदालत काठमाडौँले २०८० असारमा उक्त फैसला गरे पनि अर्यालले ब्याजसमेत तिर्न अटेरी गरेर बसेका थिए। उनलाई सजाय भुक्तानका लागि आजै कारागार पठाउने पनि आचार्यले बताए। 

    images
    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १८:३६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij