Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

लेखा समितिमा ऋषिकेश र मोदीबीच विवाद

लेखा समितिमा ऋषिकेश र मोदीबीच विवाद


  • 1.0K
    Shares

    • images
    लेखा समितिमा ऋषिकेश र मोदीबीच विवाद

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा सभापति ऋषिकेश पोखरेल र समिति सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ ।

    सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा बोल्न समय माग्दा सभापतिले रोकेकाले भनाभन भएको माओवादी सांसद मोदीले बताए ।

    ‘संसदीय समितिमा प्रतिपक्षीले सार्वजनिक सरोकारका विषय उठान गर्न खोज्दा सभापति रोक्नु दुर्भाग्यपूर्ण हो,’ उनले भने । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउनुपर्छ भन्दा सभापतिले पेल्न खोजेको उनको भनाइ छ ।

    सांसद मोदीले बोल्दै गर्दा सभापति पोखरेलले युट्युबर ल्याएर धारणा राख्ने गरेको आरोप लगाएका थिए । सभापति पोखरेलले भ्युजका लागि सांसद मोदीले समितिमा बोल्ने गरेको र खिच्नका लागि छुट्टै व्यक्ति ल्याएको समेत आरोप लगाएका थिए ।

    यस्तै, सभापतिले हरेक पटकको बैठकलाई अमर्यादित बनाउने काम गरेको भन्दैे आलोचना गरेपछि मोदीले आफूलाई समितिका सभापतिले नभई आफ्नो पार्टीले पठाएको जवाफ दिएका थिए ।

    भनाभनको क्रममा पोखरेलले मोदीलाई पटक–पटक युट्युवर ल्याएर स्टन्ड गरेको बताएका थिए ।

    यसैबीच सार्वजनिक लेखा समितिले उजुरी छानविन गर्न विभिन्न समयमा गठन गरेका उपसमितिहरूको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । समितिमा परेका उजुरीमध्ये ४८ वटा उजुरीहरू छानबिनका लागि समितिले यसअघि नै उपसमिति बनाएको थियो ।

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १३:२०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij