Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

पत्रकार सम्मेलन

सरकार राजावादीका व्यवस्था विरोधी गतिविधि टुलुटुलु हेरेर बस्दैन : प्रवक्ता गुरुङ

सरकार राजावादीका व्यवस्था विरोधी गतिविधि टुलुटुलु हेरेर बस्दैन : प्रवक्ता गुरुङ


  • 1.2K
    Shares

    सरकार राजावादीका व्यवस्था विरोधी गतिविधि टुलुटुलु हेरेर बस्दैन : प्रवक्ता गुरुङ

    काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरूले संविधान विरोधी गतिविधि गरिरहेको बताएका छन्।

    मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संविधानले नै राजतन्त्रको पक्षमा लाग्ने, मुलुक विखण्डनतिर लाने कुरा संविधान विरोधी भनेको बताए।

    उनले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी हो। त्यसैले उहाँहरूले संविधानभित्र रहेर गतिविधि गर्नुपर्छ। अहिले जसरी संविधान विरोधी क्रियाकलाप बढिरहेको छ, हत्या, हिंसा, लुटपाट र आगजनीबाट सरकारलाई चुनौती दिँदै राजा ल्याउने प्रयास भइरहेको छ।’

    जेठ १५ गते राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको ऐतिहासिक दिनको रूपमा सरकारले भव्य रूपमा मनाउन लागेको बताए।

    उनले थपे, ‘त्यो दिनमा गणतन्त्रविरुद्ध राजावादीहरूले चुनौती दिने फेरि प्रयास गरेका छन्, हामीले उहाँहरूलाई सभा सञ्चालन गर्ने र बोल्ने अधिकार दिएका छौँ। त्यो हाम्रो कमजोरी होइन, हामी डराएका होइन। उदारतापूर्वक अभ्यास गरौँ भनेर छाडिइएका हौँ। तर सधैँ यस्तो गतिविधि गरिरहे सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन। प्रतिवाद हुन्छ। त्यो गतिविधिले कस्तो रूप लिन्छ त्यही अनुसार सरकारले प्रतिवाद गर्छ।’

    उनले राजावादीहरूको गतिविधिलाई प्रतिबन्ध लगाउनु संवैधानिक छुट भए पनि आजको दिनसम्म नलगाएको बताए।

    images
    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १३:१६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij