Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

दुर्घटना

शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते


  • 2.0K
    Shares

    शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

    काठमाडौं । रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ।

    बिहीबार बिहान पौने ११ बजे खाँडादेवी गाउँपालिका-३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी भोला भट्टले जानकारी दिए।

    दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको प्र.३- ०१-००२ झ ५८०३ नं. को एम्बुलेन्स ओरालोमा सडकबाट १०० मिटर तल झरेको हो।

    उक्त गाडीमा चार जना सवार थिए। जसमध्ये तीन जना घाइते भएको डिएसपी भट्टले बताए। एम्बुलेन्स र शव सडकमै राखिएको छ। घाइतेहरूलाई अर्को एम्बुलेन्समा राखेर धुलिखेलतर्फ पठाइएको प्रहरीले जनाएको छ। 

    एम्बुलेन्स चालक रामेछाप दोरम्वाशैलुङ्ग-३ बस्ने २४ वर्षीय सुरेश मगर, रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका-२ बस्ने ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते छन्। 

    प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

    images
    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १२:४५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij