Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सहकारी ठगी प्रकरण

रवि बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

रवि बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने


  • 1.4K
    Shares

    रवि बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुँदैछ।

    न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा हेर्दाहेर्दैमा रहेको उक्त रिटमा बिहीबार पूर्वडिआइजी जोशीका वकिलहरूले बहस गर्नेछन्।

    जोशीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सतिशकृष्ण खरेल, अधिवक्ता अपूर्व खतिवडा लगायतले बहस गर्ने तयारी छ। त्यसअघि बिहीबार सुरूमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले रविको पक्षमा केहीबेर बहस गर्नेछन्। 

    उनले मंगलबार रविको पक्षमा बहस गर्दागर्दै रोकिएको थियो। उनले बहस टुंग्याएपछि छविको तर्फबाट वकिलहरूले बहस गर्ने भएका हुन्।

    मंगलबार रवि पक्षबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त, सुरेन्द्र थापा, मेघराज पोखरेल, अधिवक्ताहरू नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्त लगायतले बहस गरेका थिए।

    छविलाल पक्षको बहस सकेपछि सरकारी वकिलको तर्फबाट बहस हुनेछ। त्यसपछि जवाफी बहस सकिएसँगै इजलासले आदेश गर्नेछ।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश गरेको थियो।

    जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त बेरितको आदेश बदर गर्न माग गर्दै लामिछाने र सरकारी वकिल उच्च अदालत पुगेका थिए। त्यसमा सुनुवाइ गरेसँगै लामिछानेलाई कारागार चलान गर्न आदेश भएको थियो।

    उच्‍च अदालतको आदेशसँगै चैत २२ गते नै साँझ काठमाडौंस्थित हात्तीगौडा निवासबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी रूपन्देही पुर्‍याएर कारागार चलान गरेको थियो।

    images
    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १०:२३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij