Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सर्वसाधारणलाई नक्कली इन्स्पेक्टर बनेर आतंकित बनाउने पक्राउ

सर्वसाधारणलाई नक्कली इन्स्पेक्टर बनेर आतंकित बनाउने पक्राउ


  • 890
    Shares

    • images
    सर्वसाधारणलाई नक्कली इन्स्पेक्टर बनेर आतंकित बनाउने  पक्राउ

    काठमाडौं । प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नक्कली इन्स्पेक्टरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आफूलाई इन्स्पेक्टर बताउने २३ वर्षीय सुजन गिरी छन् ।

    भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका गिरीले फेसबुकमा सोत इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको परिसर भक्तपुरका प्रवक्ता तथा डीएसपी ढुण्डिराज नेउपानेले बताए ।

    उनले ६ जेठमा राति साढे ९ बजेतिर मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी भुटु रेस्टुरेन्ट अगाडि आफू प्रहरीको इन्स्पेक्टर भएको बताउँदै बर्दी लगाएरको तस्बिर समेत देखाएर आतंकित पारेको आरोप छ ।

    प्रहरी वृत्त भक्तपुर ठिमीको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १०:०६:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij