Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विमानस्थलको रनवेमा जमिनमुनिबाट पानी निस्कियो, दुई दिन विमानस्थल बन्द

विमानस्थलको रनवेमा जमिनमुनिबाट पानी निस्कियो, दुई दिन विमानस्थल बन्द


  • 1.9K
    Shares

    विमानस्थलको रनवेमा जमिनमुनिबाट पानी निस्कियो, दुई दिन विमानस्थल बन्द

    काठमाडौं । सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि लागि हवाई उडान सेवा बन्द भएको छ।

    जमिनमुनिबाट पानी निस्किएपछि २ दिनका लागि विमानस्थलमा हवाईजहाज आउजाउ बन्द गरिएको हो। रनवेमा खाल्डो परेपछि गत मंगलबारदेखि उडान रोकेर मर्मत सम्भार भइरहेको छ। 

    तर एउटा खाल्डो पुरिए पनि रनवेको अर्को ठाउँमा पनि पानी निस्किन थालेपछि शुक्रबारसम्मका लागि हवाई सेवा बन्द गरिएको हो। 

    विमानस्थलका प्रमुख हिराज काफ्लेले सुरुमा भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकेको तर १० मिटरको दूरीमा पुनः अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि उडान बन्द गरिएको बताए।

    उनका अनुसार पानी हटाएर खाल्डो पुर्ने काम शुक्रबारसम्म सक्ने योजना छ। खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर बनाइएको स्थान हो। सुर्खेतको नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेको हो। 

    खाल्डो पुरेर शनिबारदेखि नियमित उडान र अवतरण गराउने तयारी रहेको प्रमुख काफ्लेले जानकारी दिए।

    images
    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - ०९:५७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij