Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वराजा ज्ञानेन्द्र र बालेन शाहबीच भेटवार्ताको वास्तविकता के हो ?

पूर्वराजा ज्ञानेन्द्र र बालेन शाहबीच भेटवार्ताको वास्तविकता के हो ?


  • 2.9K
    Shares

    • images
    पूर्वराजा ज्ञानेन्द्र र बालेन शाहबीच भेटवार्ताको वास्तविकता के हो ?

    काठमाडौं । यतिखेर सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको ‘खबर भाइरल’ छ । विभिन्न फेसबुक पेज, ग्रुप र आईडीबाट मेयर बालेन र ज्ञानेन्द्रबीच भेट भएको पोष्ट भइरहेको छ ।

    बालेन र पूर्वराजा ज्ञानेन्द्रबीच भेट भएको भनिएका पोष्टमा उनीहरूले कहाँ र कहिले भेट गरे भन्ने खुलाइको छैन । साथै भेटमा के कुराकानी भयो भनेर पनि खुलेकाे छैन ।

    नीरज भण्डारी नामको आईडीबाट बालेन ज्ञानेन्द्रबीच भेट भयो भन्दै गरिएको पोष्टमा स्रोतसमेत उल्लेख गरिएको छ । स्रोतका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सह–महामन्त्री ऋषिराज देवकोटाको नाम लेखिएको छ ।

    राप्रपा सह–महामन्त्री ऋषीराज देवकोटाले ३ बजेर ३८ मिनेटमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार र मेयर बालेनबीच भेटवार्ता’ सबैको जय होस…’ भनेर पोष्ट गरेका छन् ।

    फेसबुकमा बालेन र ज्ञानेन्द्रबीच भेट भएको भन्दै गरिएका पोष्टको भाषा एउटै छ । सबै पोष्टमा ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकार र मेयर बालेन शाहबीच भेटवार्ता सम्पन्न भएको छ । राष्ट्र, जनता र स्वाभिमानको सेवामा समर्पित यो भेट ऐतिहासिक बनोस् ! नयाँ पुस्ता र गौरवशाली इतिहासबीचको यो संवाद राष्ट्र पुनर्निर्माणको दिशामा एक महत्वपूर्ण संकेत बन्न सकोस् ! सबैको जय होस् ।’

    फेसबुकमा बालेन र ज्ञानेन्द्रबीच भेट भएका पोष्ट खोजी गर्दा सबैले माथिकै भाषा भएको पोष्ट गरेको पाइएकाे छ । बालेन र ज्ञानेन्द्रबीच भेट भएको हो ? भन्दै हामीले ज्ञानेन्द्र शाहका संवाद सचिव फणीराज पाठकलाई सोध्यौं । उनले ‘बालेन र ज्ञानेन्द्रबीच भेट भएको विषय आफूलाई थाहा नभएको बताए ।

    यसपछि हामीले काठमाडौं महानगरका मेयर बालेनलाई सम्पर्क गर्‍यौँ । तर, उनको फोन उठेन। उनका स्वकीय सचिव भूपदेव शाहलाई सम्पर्क गर्न खोज्यौं । शाहको फोन उठेन, एसएमएसको पनि जवाफ आएन । त्यसपछि हामीले बालेनका मिडिया सहजकर्ता सुरेन्द्र बजगाईंलाई सम्पर्क गर्यौं । उनले पनि बालेन र ज्ञानेन्द्रबLच भेट भए/नभएको आफूलाई जानकारी नभएको बताए ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - २०:१९:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij