Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इम्बार्क कलेजमा लेखाविधि शिक्षा र तालिम पुनर्विचार राउण्ड टेबल सम्पन्न

इम्बार्क कलेजमा लेखाविधि शिक्षा र तालिम पुनर्विचार राउण्ड टेबल सम्पन्न


  • 1.5K
    Shares

    • images
    इम्बार्क कलेजमा लेखाविधि शिक्षा र तालिम पुनर्विचार राउण्ड टेबल सम्पन्न

    ललितपुर । पुल्चोक इम्बार्क कलेजमा सोमबार ‘लेखाविधि शिक्षा र तालिम पुनर्विचार’ सम्बन्धी राउण्ड टेबल कार्यक्रम सम्पन्न भएको छ। नेपाली लेखाविधि शिक्षालाई व्यावसायिक सिपसँग जोड्दै उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्न नयाँ तालिम मोड्युल निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा इम्बार्क कलेजका एकेडेमिक लिड डा सौरभ सत्यालले नेपाली लेखाविधि शिक्षालाई व्यवहारमा लागू हुने गरी सुधार आवश्यक रहेको धारणा राख्दै, “हामीले अब सैद्धान्तिक पाठ्यक्रम मात्रै होइन, उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने तालिमलाई समेत पाठ्यक्रममा समावेश गर्ने तयारी गरेका छौं,” भने।

    कार्यक्रमका अध्यक्ष तथा इम्बार्क कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले नेपालको लेखाविधि शिक्षामा केवल किताबी ज्ञान सीमित नरहने गरी व्यावसायिक अभ्यास र आधुनिक सिप समावेश गर्नुपर्नेमा जोड दिएका थिए। “अबको लेखाविधि शिक्षा केवल किताबी ज्ञानमा सिमित हुनुहुन्न, यसले व्यावसायिक अभ्यास र आधुनिक सिप पनि समेट्नुपर्छ,” ठाकुरले उल्लेख गरे।

    हेक्साम्याट्रिक्स नेपाल प्रा लि की ग्रुप इन्टर्नल अडिटर सबु नेपालले लेखाविधि विद्यार्थीहरूलाई जोखिम व्यवस्थापन र प्रविधिको उपयोगमा दक्ष बनाउनुपर्ने सुझाव दिँदै भनिन्, “आजको लेखाविद् टेक्नोलोजी र जोखिमप्रति संवेदनशील हुन जरुरी छ।”

    वेदालय समूहका मुख्य वित्तीय अधिकृत रुपेश भट्टराईले उद्योगको आवश्यकतालाई मध्यनजर गर्दै शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्ने धारणा राखे। उनले भने, “कम्पनीहरूलाई चाहिएको जनशक्ति उत्पादन गर्न पाठ्यक्रमले सैद्धान्तिक भन्दा बढी व्यवहारिक हुनुपर्छ।”

    कार्यक्रममा सहभागीहरूले प्रस्तुत विचार र सुझावहरूलाई व्यावहारिक र सान्दर्भिक मानेका थिए। सहभागीहरूको धारणा अनुसार यस्ता प्रयासहरूले शिक्षा र उद्योगबीचको दूरी घटाउन सहयोग पुग्ने र व्यावसायिक दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    इम्बार्क कलेजले लेखाविधि शिक्षालाई अझ व्यवसायिक र प्रविधिमैत्री बनाउने तर्फ नयाँ तालिम मोड्युल विकासको प्रतिबद्धता जनाएको छ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १७:२६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij