Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


  • 2.0K
    Shares

    • images
    मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

    काठमाडौं । नवलपरासीको रामग्राम नगरपालिका-१ स्थित सुनवल परासी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    सुनवलबाट परासीतर्फ आउँदै गरेको लु१८प२९४५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको साइकललाई मंगलबार राति ठक्कर दिँदा रामग्राम नगरपालिका-१ का ५० वर्षीय लवकुश चौधरी गम्भीर घाइते भएका थिए ।

    उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए ।

    साइकललाई ठक्कर दिने क्रममा मोटरसाइकल चालक सुनवल नगरपालिका-३ का ३० वर्षीय लक्ष्मण सापकोटा र मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २६ वर्षीय अमृत भुजेल घाइते भएका छन् ।

    सापकोटाको टाउको र नाकमा चोट लागेको र उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने सामान्य उपचारपछि भुजेलको डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १५:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij