२०८२ फाल्गुण ३० गते शनिवार
रुकुम । जिल्लाको भूमे गाउँपालिका–८ मा सडक खन्ने क्रममा स्काभेटर पुरिएर एकजनाको मृत्यु भएको छ ।
भूमे–८ स्थित पुर्साबाङमा सडक खन्ने क्रममा माथिबाट आएको सुक्खा पहिरोले रा१क १२३३ नम्बरको स्काभेटर पुरिँदा अपरेटरको मृत्यु भएको हो ।
आइतबार अपराह्न करिब साढे ४ बजेतिर सडक खन्ने क्रममा माथिबाट आएको सुक्खा पहिरोले पुरिँदा स्काभेटरका अपरेटर भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार साँझ प्रहरी घटनास्थलमा पुगेको थियो। सोमबार बिहानबाट मात्र पहिरोमा पुरिएको स्काभेटरबाट शव उद्धार गरिएको इलाका प्रहरी कार्यालय भूमे–२ खाबाङ बगरका इञ्चार्ज शुविन शाहले जानकारी दिए ।
शाहका अनुसार पुर्साबाङ–रुकुमकोट–कुचिवाङ–कोर्जा–तामरी–लावाङ कृषि सडक खण्ड खन्ने क्रममा पुर्साबाङमा उक्त घटना भएको हो । उक्त सडक खण्ड साकार निर्माण कम्पनीले ठेक्का लिएर काम गर्दै रहेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij