Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित

राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित


  • 1.4K
    Shares

    • images
    राष्ट्रियसभा बैठक जेठ १४ गतेसम्म स्थगित

    काठमाडौं । राष्ट्रियसभा बैठक एक सातासम्म स्थगित भएको छ । बुधबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ १४ गते सम्मका स्थगित गरिएको जानकारी दिए । 

    आजको बैठकले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गर्‍यो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको हो ।  

    त्यस्तै बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ टेबुल गरियो ।

    सभामा राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालले विधेयक टेवुल गरेका थिए । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेस गरिन् ।

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १५:५२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij