Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विद्युत प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात, कुन दिन कति हुन्छ निर्यात ?

विद्युत प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात, कुन दिन कति हुन्छ निर्यात ?


  • 1.7K
    Shares

    • images
    विद्युत प्राधिकरणले भारतमा शुरु गर्‍यो विद्युत निर्यात, कुन दिन कति हुन्छ निर्यात ?

    काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात शुरु गरेको छ । भारतमा निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजाभाई सिल्पकारले जानकारी दिएका छन् ।

     शनिबार रातिबाट २ सय मेगावाट विद्युत निर्यात भएकोमा त्यसपछिका दिनहरुमा १५० मेगावाटभन्दा बढी विद्युत निर्यात भइरहेको सिल्पकारले  बताएका छन् ।

    वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन वृद्धि भएकोले प्राधिकरणले भारतमा निर्यात विद्युत निर्यात गर्न थालेको छ । 

    भारतबाट महँगो मूल्यमा  विद्युत किनेर सस्तोमा ग्राहकलाई बिक्री गर्दा गर्दैदैनिक रूपमा ठूलो घाटा बेहोरिरहेको प्राधिकरणलाई अहिले राहत  मिल्ने भएको छ ।

    नदीमा पानीको बहाव बढेसँगै नेपालको पिक लोडमा हुने मागकै हाराहारीमा विद्युत उत्पादन भइरहेको प्रवक्ता सिल्पकारले जानकारी दिएका हुन् । नेपालका आयोजनाहरूबाट १९२५ मेगावाट हाराहारीमा विद्युत उत्पादन भइरहेको सिल्पकारको भनाइ रहेको छ । कुन दिन कति विद्युत निर्यात  : शनिबार  – २ सय मेगावाट, आइतबार – १७५ मेगावाट, सोमबार – १७० मेगावाट र मंगलबार – १५० मेगावाट निर्यात हुन्छ ।

     

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १५:३६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij