२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज बुधबार परिसूचक नेप्से खुलेको ४ मिनेटमै ८३ अंकले वृद्धि भएको थियो भने अन्तिममा ७.९४अंकले घटेर २६६९.५१ को विन्दुमा बन्द भएको छ ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त भएसँगै बजार खुल्ने बित्तिकै ८३ अंकभन्दा माथिको बृद्धि भएको बजार अन्तिममा घटेर बन्द भएको छ।
आजको दिन कारोबार अवधिभर ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ । ९३ कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य भने घटेको ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij