Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

गोरखामा आफैँ चढेको बसले किचेर एक बालिकाको मृत्यु, आमा गंभिर घाईते

गोरखामा आफैँ चढेको बसले किचेर एक बालिकाको मृत्यु, आमा गंभिर घाईते


  • 4.4K
    Shares

    गोरखामा आफैँ  चढेको बसले  किचेर एक बालिकाको मृत्यु, आमा गंभिर घाईते

    काठमाडौं । गोरखा सदरमुकाममा अहिले दिउसो बसले च्याप्दा बालिकाको ज्यान गएको छ । सोही बसले च्यापेर बालिकाको आमा गंभिर घाईते भएकी छिन् ।

    ज्यान गुमाउने बालिका गोरखा नगरपालिका–४ की बर्ष ७ की सुबिना सुर्खेती भएको स्थानिय अर्जुन प्रताप राणाले जानकारी दिए ।

    गोरखा बजारबाट आरुघाट तर्फ गएको बसले च्यापेर बालिकाकी आमा बिनिता सुर्खेती गंभिर घाईते हुनुभएको छ ।  उनको गोरखा अस्पतालमा उपचार जारी छ ।

    घटना स्थलमा स्थानियले अबरोध गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सोही बस चढेर घर तर्फ गएका आमा–छोरी ओर्लने क्रममा बस एक्कासी अगाडी बढाउदा पछाडीको चक्काले च्यापेर बालिकाको ज्यान गएको थियो भने आमा गंभिर घाईते भएकी हुन् ।

    बस चालक भिमसेनथापा गाउँपालिका-४ धावाका बिनोद लामिछाने प्रहरी नियन्त्रणमा छन् । बाँकी बिवरण भने आउन बाँकी रहेको छ ।

     

    images
    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १३:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij