२०८२ चैत्र २ गते सोमवार
गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाको प्रशासकीय भवन तयार भएको छ । ३ करोड ४० लाख रुपैयाँको लागतमा तयार भएको प्रशासकीय भवनको जेठ १३ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जाराले जानकारी दिए।
प्रशासकीय भवन उद्घाटनको तयारी अन्तिम अवस्थामा पुगेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार नवनिर्मित भवनको जेठ १३ गते १ बजे पुर्वप्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नेछन् ।
साढे दुई तले पालिका भवन सेवाग्राही मैत्री रहेको र निकै आकर्षक बनेको अध्यक्ष बन्जाराले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij