२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सिमरा विमानस्थलबाट उपचार गर्न काठमाडौं ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु भएको छ ।
मङ्गलवार रौतहटको फतुवा विजयपुर नगरपालिका–११ बस्ने ३९ वर्षीया राजुकुमारी चौधरीलाई उनका पति जङ्गबहादुर चौधरीले उपचारको लागि बाराको सिमरा एयरपोर्टबाट बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याएका हुन् ।
४ बजेको उडानमार्फत काठमाडौं ल्याउँदा उनी विमानमै अचेत भएकी थिइन् । सिनामंगलस्थित केएमसी अस्पताल लैजाँदा चिकित्सकले ‘मृत्यु भैसकेको’ घोषणा गरेका हुन् ।
मृतकको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij