Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सर्लाही जाँदै गरेको गाडी ब्रेक फेल हुदा भीमफेदीमा दुर्घटना, १४ जना घाइते

सर्लाही जाँदै गरेको गाडी ब्रेक फेल हुदा भीमफेदीमा दुर्घटना, १४ जना घाइते


  • 1.6K
    Shares

    सर्लाही जाँदै गरेको गाडी  ब्रेक फेल हुदा भीमफेदीमा दुर्घटना, १४ जना घाइते

    काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

    मंगलबार दिउँसो १ बजेको समयमा भिमफेदीको वडा नम्बर ९ स्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठ्ठी मोडमा यात्रुवहाक विङ्गर गाडी दुर्घटना भएको हो । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    चित्लांगबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट २० मिटर तल खसेको थियो ।गाडी सडकबाट २० मिटर तल खस्दा गाडी रुखमा अड्किएको प्रहरीले जनाएको छ । 

    घाइतेहरुको उद्धार गरी हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

    images
    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - १४:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij