Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गभर्नर नियुक्ति

अर्थमन्त्रीले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

अर्थमन्त्रीले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक


  • 1.5K
    Shares

    • images
    अर्थमन्त्रीले बोलाए गभर्नर छनोट सिफारिस समितिको बैठक

    काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक आज अपराह्न बस्ने भएको छ।  

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएलगत्तै समितिको संयोजक रहेका अर्थमन्त्री विष्णु पौडेलले ४ बजेलाई बैठक डाकेका हुन्।

    अर्थमन्त्री पौडेलको सचिवालयले गभर्नर सिफारिस समितिको बैठक बोलाइएको जानकारी दियो। सो समितिमा संयोजक पौडेलसहित निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्य छन्। समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ। 

    सोमध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त गर्नेछ। ओली र देउवाबीच आजै बालुवाटारमा छलफल भएको थियो। सो छलफलको बीचमा उपप्रधान एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।  

    दुई प्रमुख सत्ता साझेदार दलहरूबीच यसअघि नै भावी गभर्नरमा अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने सहमति भइसकेको छ।

    सोही कारण अघिल्लोपटक गठन गरिएको सिफारिस समितिमा सदस्य रहेका पौडेलले राजीनामा दिएका थिए। त्यसपछि मन्त्रिपरिषद्ले सो समिति विघटन गरी अर्थमन्त्रीको संयोजकत्वमा अधिकारी र पाण्डेलाई सदस्य बनाउँदै पुनस् गठन गरेको थियो। 

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - १३:००:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij