Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

 आईसीसी महिला टी-२०

थाइल्यान्डले दियो नेपाललाई १५९ रनको लक्ष्य

थाइल्यान्डले दियो नेपाललाई १५९ रनको लक्ष्य


  • 1.4K
    Shares

    थाइल्यान्डले  दियो नेपाललाई १५९ रनको लक्ष्य

    काजठमाडौं ।  आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा जितका लागि नेपालले १ सय ५९ रनको विशाल लक्ष्य पाएको छ।

    थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको हो। 

    थाइल्यान्डकी ओपनर नताया बोचाथामले अर्धशतक पूरा गरिन्। उनले ४२ बलमा ५ चौका सहयोगमा ५० रन बनाउँदा मनीषा उपाध्यायको बलमा रोमा थापाको हातबाट क्याच आउट भइन्। 

    अपिसरा सुवान्चोराथीले ४३ बलमा १ चौका सहयोगमा २९ रन बनाउँदा राजमती ऐरीको बलमा रिया शर्माको हातबाट क्याच आउट नै भइन्। विकेटकिपर ब्याटर नान्नपथ कोन्चाइनकाई ५० र नथाकन चन्थाम १५ रनमा अविजित रहे।

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - ०९:५६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij