Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा, के खुल्ने के नखुल्ने ?

उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा, के खुल्ने के नखुल्ने ?


  • 9.8K
    Shares

    उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा, के खुल्ने के नखुल्ने ?

    काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा १६ वैशाखबाट निषेधाज्ञा जारी हुने भएको छ । सोमबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

    आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौं उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भएमा कुनैपनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो ।

    छलफलका क्रममा सुरुवाती चरणमा सार्वजनिक यातायात र निजी यातायात पूर्ण रूपमा बन्द गर्ने, होटललाई होम डेलिभरी र टेक अवेका लागि मात्र खुला गर्ने निर्णय भएको भक्तपुर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

    यी सेवा खुला
    निषेधाज्ञामा किराना पसलसँगै औषधि पसल, अस्पताल, एम्बुलेन्स, शवबाहन र प्रेसका गाडी भने चल्न दिइने भट्टराईले बताए । यसैगरी, खाद्यान्न, तरकारी, पानी, दूधजस्ता दैनिक उपभोग्य बस्तुको ढुवानी गर्ने सवारी साधनलाई पनि खुला गरिएको छ ।

    बैंक, हुलाक, कर कार्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयले आधा कर्मचारी राखेर सेवा दिनुपर्ने लगायतका निर्णय भएका छन् ।

    यी सेवा बन्द
    निषेधाज्ञासँगै सार्वजनिक तथा निजी यातायात पूर्ण रूपमा बन्द रहनेछन् । यस्तै, पार्टी प्यालेसमा भोज भतेरमा पूर्ण रूपमा रोक लगाइनेछ । विद्यालयहरू पूर्ण बन्द रहनेछन् । यी सँगै अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने भट्टराईले बताए । यसैगरी, किराना पसल बाहेकका सबै पसल बन्द हुनेछन् ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १५:४८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij