Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गणतन्त्र दिवसको मूल समारोह समितिमा उपस्थित नहुनेको नाम हटाउन प्रधानमन्त्रीको निर्देशन, समारोहमा थिएन बालेन

गणतन्त्र दिवसको मूल समारोह समितिमा उपस्थित नहुनेको नाम हटाउन प्रधानमन्त्रीको निर्देशन, समारोहमा थिएन बालेन


  • 1.6K
    Shares

    • images
    गणतन्त्र दिवसको मूल समारोह समितिमा उपस्थित नहुनेको नाम हटाउन प्रधानमन्त्रीको निर्देशन,  समारोहमा थिएन बालेन

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार दिउँसो मूल समितिको बैठकमा अनुपस्थित भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम समितिबाटै हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । उक्त बैठकमा काठमाडौंका मेयर शाह उपस्थित रहेको  थिएन ।

    अघिल्लो वर्ष पनि उनी गणतन्त्र दिवसको अवसरमा आयोजित सभामा सहभागी भएका  भएका थिएनन् । आजको बैठकमा पनि उनी अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले बैठकमा चासो राखेका थिए ।

    ‘उनले नामै त भन्नुभएन, तर काठमाडौं महानगरका प्रमुख यसरी अनुपस्थित हुनुमा  (प्रधानमन्त्री)ले चासो राख्नुभयो,’ बैठक स्रोतले भन्यो, ‘उहाँ (बालेन) नआउने हो भने अबदेखि समितिमा नै नराख्नू ।’

    ती स्रोतका अनुसार, सम्भवतः मूल समारोह समितिको पदेन सदस्यमा महानगरको मेयर रहने व्यवस्था हटाइने भएको छ । 
    बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

    यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ । गणतन्त्र दिवसको जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुने भएको  छ ।

     

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १५:१०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij