Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पूर्वसांसद पौडेललाई मष्तिष्काघात, मेडिकल कलेजमा भर्ना

पूर्वसांसद पौडेललाई मष्तिष्काघात, मेडिकल कलेजमा भर्ना


  • 6.6K
    Shares

    पूर्वसांसद पौडेललाई मष्तिष्काघात, मेडिकल कलेजमा भर्ना

    काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य प्रा. विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा भर्ना भएका छन् ।

    अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्ष पौडेल शनिबार कलेजको सघन उपचार कक्षमा उपचारका लागि भर्ना भएको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिएका छन् ।

    पक्षाघातसमेत भई उनको शरीरको देब्रे भाग चलेको छैन । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति पौडेलले आँखा हेर्ने गरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वर जानकारी दिएका छन् ।

    सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए । सांसद हुँदा सुविधाका लागि गाडीका रुपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १४:३२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij