२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सोमबार सिंहदरबारमा बसेको बैठकले यस वर्ष पनि गणतन्त्र दिवस तीन दिनसम्म भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
गणतन्त्र दिवस मूल समारोह समिति गठनका लागि सोमबार सिंहदरबारमा बसेको बैठकले गणतन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको हो ।
मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, सुरक्षा निकायका प्रमुखहरू लगायत सदस्यको उपस्थिति रहेको थियो ।
यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीयरुपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ । गणतन्त्र दिवसको जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij