२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसक्ने बताएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । मन्त्रील सुडीले सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित समाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भइ तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको बताए ।
उनले नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था रहेको बुझ्न आग्रह गरेका छन् ।
मन्त्री सुडीले भन्नुभयो, ‘सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ ले बालबालिका बाहेक अनेकको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपीसहित समाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य व्यक्तिले सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भइ तोकिएको ढाँचामा निवेदन पेश गर्नुपर्ने व्यवस्था गरेकाले नागरिकता प्रमाणपत्र नभएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने कानूनी व्यवस्था रहेको छ । नागरिकता प्रमाणपत्र हाम्रो मन्त्रालयले वितरण गर्दैन, प्रचार प्रसार गर्दछ ।
मन्त्री सुडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले नेपालमा कार्यक्रम सञ्चालन गर्न चाहे समाज कल्याण परिषद्ले तोकेको निर्धारित ढाँचामा परियोजन प्रश्ताव पेश गर्नुपर्ने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij