Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सशस्त्र प्रहरीको गोताखोरले कालीगण्डकीमा बेपत्ता १५ वर्षीय मल्लको शव निकाल्यो

सशस्त्र प्रहरीको गोताखोरले कालीगण्डकीमा बेपत्ता १५ वर्षीय मल्लको शव निकाल्यो


  • 1.6K
    Shares

    सशस्त्र प्रहरीको गोताखोरले कालीगण्डकीमा बेपत्ता १५ वर्षीय मल्लको शव निकाल्यो

    काठमाडौं ।  म्याग्दीको कालीगण्डकीमा बेपत्ता किशोरको शव फेला पारेको छ । सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए । 

    सशस्त्र प्रहरी बल कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले मल्लको शव सोमबार दिउँसो करीव १५ फिट गहिराइबाट निकालेको छ । 

    मल्लको खोजीकार्यका कालिका गण कास्कीबाट सोमबार  बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । 

    images
    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १३:१७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij