Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिट फेरि पनि हेर्न नमिल्नेमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिट फेरि पनि हेर्न नमिल्नेमा


  • 2.2K
    Shares

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धि रिट फेरि पनि हेर्न नमिल्नेमा

    काठमाडौं ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा भएको छ । 

    आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।

    सोही अनुसार हेर्न नमिल्ने न्यायाधीशहरुकोमा नपर्ने गरी आज प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको थियो । तर पनि मुद्दा हेर्न नमिल्नेमा गएको हो । 

    प्रधानन्यायाधीश राउतको नजिकको आफन्त पर्ने वकिल लामिछानेको तर्फबाट र न्यायाधीश पाण्डेयका नजिकका आफन्त पर्ने वकिलको नाम पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट यस मुद्दाको वकालतनामामा रहेकाले मुद्दा हेर्न नमिल्ने भएको हो ।

    यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने न्यायाधीश रहेको इजलासमा परेको सो रिटमा आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोक्ने आदेश भएको थियो । पटक(पटक हेर्न नमिल्ने भएपछि सोही इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनको नाममा आदेश गरेको थियो । 

    लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँग उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिट लगाउमा रहेका छन् । 

    वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही दिन लामिछाने र जोशीको तर्फबाट सहकारी प्रकरणमा अन्य दुई रिट पनि दर्ता भएका थिए ।

     

     

     

    images
    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - १२:५०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij