२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका सिमाघाटमा बाट तम्घास आउँदै गरेको लु९७प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको छ ।
दुर्घटनामा दाङको गडवा गाउँपालिका बस्ने २७ वर्षको निशान चौधरीको मृत्यु भएको छ । उक्त दुर्घटनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताएका छन् ।
इन्द्र एम के जेबिमा सब इन्जिनियरको रुपमा कार्यरत चौधरीले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij