Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

धार्चे गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा

धार्चे गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा


  • 372
    Shares

    • images
    धार्चे गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा

    धार्चे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बुधबार एक कार्यक्रम गरी पालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

    १६ देखि २३ महिनाभित्रका बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै खोप लाए नलाएको र १५ महिनामुनिका बालबालिकाले नियमित खोप लाए नलाएको सर्वेक्षण गरी पालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमृत घलेले बताए । स्वास्थ्य शाखा प्रमुख घलेले कार्यक्रमको संक्षिप्त विवरण तथा पूर्ण खोप तथा दिगोपना सुनिश्चितताबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    ‘हाम्रो पालिकामा १५ महिनामुनिका १ सय ७६ जना बालबालिका छन् । १५ देखि २३ महिनाभित्रका १ सय ३४ जना बालबालिका छन्,’ उनले भने, ‘ती सबैले लगाउनुपर्ने खोप लाए नलाएको र नियमित भए नभएको भनी माघ महिनादेखि फागुन महिनासम्म घरधुरी सर्वेक्षण गर्दा सबैले खोप लाएको पाइयो अनि पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।’

    पालिकालाई पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुअघि पालिका भित्रका ७ वटै वडामा बैशाख २१–२५ गतेसम्म सो कार्यक्रम सम्पन्न गरिएको स्वास्थ्य शाखा प्रमुख घलेले जानकारी दिए । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङको अध्यक्षता तथा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुनिला गुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत विनायक तिमिल्सिना, पालिकाभित्रका विद्यालयका प्र.अहरु, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति रहेको थियो ।

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - ०७:४३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij