Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बूढीगण्डकी जलविद्युत आयोजना(३४१मेवा) प्रभावित क्षेत्रको मुआब्जा वितरण सुरु

बूढीगण्डकी जलविद्युत आयोजना(३४१मेवा) प्रभावित क्षेत्रको मुआब्जा वितरण सुरु


  • 918
    Shares

    • images
    बूढीगण्डकी जलविद्युत आयोजना(३४१मेवा) प्रभावित क्षेत्रको मुआब्जा वितरण सुरु

    उत्तरी गोरखामा निर्माण प्रक्रियामा अघि बढिरहेको बूढीगण्डकी जलविद्युत आयोजना अन्तरगत प्रभावित क्षेत्रको मुआव्जा वितरणको काम सुरु भएको छ । चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा क्षेत्रमा निर्माण हुने ३४१ मेगावाटको उक्त आयोजनाबाट प्रभावित हुनेहरुका लागि मुआब्जा वितरणको सुरु गरिएको आयोजनाका प्रबन्ध निर्देशक हिम पाठकले बताए ।

    आयोजनाको प्रवद्र्धक कम्पनी साहस उर्जा, स्थानीय जनप्रतिनिधि र स्थानीयबासीको भेलाले केही समयअघि मात्र सर्वसम्मतिमा मुआव्जा निर्धारण गरेको थियो । बिहिबारबाट मुआब्जा वितरणको काम समेत सुरु भएको एमडी पाठकले जनाए । अबको २–४ दिनभित्र मुआब्जा वितरण तथा जग्गा पासको काम सम्पन्न हुने उनले जानकारी दिए ।

    चुमनुब्री गाउँपालिका ३ स्थित सल्लेरी बस्ती क्षेत्रका लागि प्रतिआना तीनलाख रुपैयाँका दरले मुआव्जा निर्धारण भएको थियो । गत चैतको २९ गते को सरोकारवालाहरुको भेलाबाट सल्लेरीको जग्गाका लागि प्रतिआना तीनलाख रुपैयाँका दरले दिनेगरी मुआव्जा निर्धारण भएको हो ।

    ‘यदि कसैको जग्गा चार आनाभन्दा कम रहेछ भने उनीहरुलाई थप एकलाख अथवा चार लाख प्रतिआनाका दरले दिने निर्णय भएको छ । सल्लेरीबाहिरको जग्गाको प्रतिआना डेढलाखका दरले दिने निर्णय भएको छ’, पाठले भने, ‘सोही अनुसार मुआब्जा वितरणको काम भइरहेको छ ।’ चार आनाभन्दा कम जग्गा भएका घरधुरी १० भन्दा कम रहेको उनको भनाई छ ।
    सल्लेरीमा हाल २६ घर रहेका छन् ।

    आयोजनाको बाँधका कारण ती सबै डुबानमा पर्ने हुँदा विस्थापित हुने भएका छन् । अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) प्रविधिको यो परियोजना निजी क्षेत्रबाट संचालित सबैभन्दा ठूलो परियोजना हो । साहस उर्जाले सल्लेरीमा बाँध बाँधी ६.८ किलोमिटर भूमिगत सुरुङ हुँदै धार्चे ३ को तातोपानीस्थित पावर हाउसमा ३४१ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ ।

    सो विद्युत ४५ किलोमिटर लामो प्रशारण लाइनमार्फत नुवाँकोटको रातामाटे सवस्टेशनमा लगी केन्द्रीय प्रशारणमा जोडिनेछ ।
    ७० अर्ब रुपैयाँ लगानीमा साहस ऊर्जाको मुख्य लगानी र टाइम्स इनर्जीद्वारा प्रवद्र्धित सो परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ । कम्पनीले २०८७ सालको पुस १५ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको हिम पाठकले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - ०७:४०:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij