Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आजको मौसम

आज पनि देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना

आज पनि देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना


  • 1.9K
    Shares

    आज पनि देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना
    images

    काठमाडौंअहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेशलगायत कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

    आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ । वर्षा र हावाहुरी र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

    प्रकाशित मिति :जेठ ५ २०८२ सोमवार - ०६:३३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij