Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

झण्डै सवा ५५ लाख र खैरो हिरोइनसहित दाजुबहिनी पक्राउ

झण्डै सवा ५५ लाख र खैरो हिरोइनसहित दाजुबहिनी पक्राउ


  • 1.3K
    Shares

    • images
    झण्डै सवा ५५ लाख र खैरो हिरोइनसहित दाजुबहिनी पक्राउ

    काठमाडौं । सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हिरोइन र नगदसहित पक्राउ परेका दाजुबहिनी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-२२ का ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी छन् ।

    उनीहरुबाट ५५ लाख २२ हजार ९८३ रुपैयाँ नगद र खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लास्टिकसहित २०८.९० ग्राम तथा प्लास्टिकबाहेक २०१ ग्राम बरामद गरिएको सिरहा प्रहरीले जनाएको छ ।  

    गोप्य सूचनाको आधारमा वैशाख २ मा लहान नगरपालिका-१२ भोटिया टोलबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा डीएसपी वीरेन्द्र पासवानले दिनेश लागुऔषध मुद्दामै जेल सजाय काटेको पनि खुलेको जानकारी दिए ।

    उनका अनुसार यादव २०८० साउन १२ मा प्लास्टिकसहित ४.४ ग्राम र प्लास्टिकबाहेक ३।६ ग्राम खैरो हिरोइनसहित पक्राउ परेका थिए । सो मुद्दामा असोज २४ गते पुर्पक्षका लागि कारागार चलान भएकोमा अदालतको फैसलाबमोजिम ६ महिना कैद भुक्तान गरी छुटेको खुलेको छ।

    सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले बरामद रकम उनीहरुले खैरो हिरोइन बिक्रीबाट जम्मा पारेको खुलेको जानकारी दिए । उनले भने, ‘खैरो हिरोइन भारतबाट भित्र्याउने गरिएको छ । खुला सिमानाको फाइदा कारोबारीले उठाउने गर्छ ।’ बरामद खैरो हिरोइन करिब ८ लाखभन्दा बढीको रहेको छ । प्रहरीका अनुसार प्रतिग्राम ४ देखि ५ हजारमा खरिदबिक्री हुन्छ ।

    यस्तै बरियारपट्टी गाउपालिका(३ बाट खैरो हिरोइनसहित पक्राउ परेका थप दुई जनालाई पनि सिरहा प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा औरही गाउँपालिका-२ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज राई छन् । उनीहरुबाट ७१० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ।

    यस्तै १६ लाख ३८ हजार ३७० रुपैयाँसहित पक्राउ परेका हुण्डी कारोबारीलाई पनि सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका- २ बाट वडा नम्बर १७ का सञ्जय कारक पक्राउ परेका छन् ।

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १६:२१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij