Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पानी पर्ने बादल पूर्वतिर विकसित, सतर्क रहन विभागको आग्रह

पानी पर्ने बादल पूर्वतिर विकसित, सतर्क रहन विभागको आग्रह


  • 1.6K
    Shares

    • images
    पानी पर्ने बादल पूर्वतिर विकसित, सतर्क रहन विभागको आग्रह

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पाँच वटा प्रदेशका पहाडी भूभागमा वर्षा गराउने बादल विकसित भइरहेको तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको जनाएको छ । 

    विभागले आइतबार सूचना जारी गर्दै कोशी मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको पनि बजाएको छ । विभागले यो प्रणाली पूर्वतिर सर्ने क्रम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । 

    ‘हाल देशका कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा वर्षा गराउने बादल विकसित भइरहेको र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ’, विभागले भनेको छ,  ‘यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १४:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij