२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारले आज आइतबार पनि निरन्तरता पाएको छ । साताको पहिलो कारोबारको दिन आज आइतबार पनि नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ अंकमा कायम भएको छ ।
आज ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । आजको दिन १० उपसूचक राताम्य भएका छन् भने ३ उपसूचकमा मात्रै हरियाली देखिएका छन् ।
आइतबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ । यस्तै, एक कम्पनीको सेयर मूल्य भने स्थिर छ । आइतबार ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा छ्याङ्दी हाइड्रापावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij