Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित

प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित


  • 1.0K
    Shares

    • images
    प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।  प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राखे ।

    त्यस्तै बैठकले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ पारित गरेको छ ।  राष्ट्रियसभामा उत्पत्ति भएको विधेयकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले दफावार छलफल गरी सर्वसम्मतिले पारित गरेको थियो ।

    त्यस्तै बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई वटा विधेयक प्रतिनिधि सभाको सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाएको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आइतबार बैठकमा दुवै विधेयकलाई दफावार छलफलका लागि समिति पठाउने प्रस्ताव गरेका थिए । 

    अब यी विधेयकहरू प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन्।  सरकारले यी विधेयकहरू आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ ।

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १४:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij