Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

हेड्स नेपालको ३२ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

हेड्स नेपालको ३२ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न


  • 2.8K
    Shares

    हेड्स नेपालको  ३२ औं स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न

    -हिरालाल श्रेष्ठ

    काठमाडौं । स्वास्थ्य, शिक्षा, कृषि तथा विकास समाज (HEADS Nepal) को ३२ औं स्थापना दिवस विविध कार्यक्रमहरूका साथ सम्पन्न भएको छ । 

    भिमसेन थापा गाउँपालिका, वडा नं. ५ स्थित बगुवामा २६ जनाको सहभागितामा पुष्प खेती तालिम, बगुवा शाखाका ८ जना पूर्व अध्यक्षहरूलाई सम्मान, सोहि गाँउपालिकामा हेड्स नेपालले देशको विभिन्न सुमदायमा पुर्याउँदै आएको सेवा कार्यहरू बारेमा अन्तरक्रिया तथा जग्गा दाताहरूलाई सम्मान गरी संस्थाको ३२ औं स्थापना दिवस सम्पनन गरिएको छ ।  कृषि गतिविधिमा सहयोग पुर्याउन जग्गा दाताहरूको तर्फबाट संस्थालाई ३७ रोपनी जग्गा दान स्वरुप प्राप्त भएकोमा अध्यक्षहरूलार्ई सम्मान गरिएको हो । 

    स्थापना दिवसको अवसरमा गोरखा शाखाको आयोजनामा गरिएको कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए । गोरखनाथ मन्दिरमा रोट चढाउने, गोरखा र काठमाण्डौंमा दीप प्रज्वलन, “विद्यालय शिक्षामा सामाजिक सञ्जालको भूमिका” विषयक निबन्ध प्रतियोगिता लगायतका कार्यक्रमहरू समेत यसबिच सम्पन्न भएको छ । 
       
    जेठ ३ गते शनिबार हेड्स नेपाल केन्द्रीय कार्यालय, बनस्थलीमा निबन्ध प्रतियोगिता, बिजेता छात्र छात्राहरूलाई पुरस्कार वितरणविच वार्षिकोत्सव कार्यक्रम समापन भएको छ ।  समापन कार्यक्रमकै विचमा हेड्स नेपालको विगतदेखि वर्तमानको अन्तर्कियामा पूर्व पदाधिकारीहरू सुकुमार श्रेष्ठ र रामकृष्ण धरेलबाट संस्थाको विद्यमान अवस्थामा आईपुग्दासम्मका आरोह–अवरोह बारेमा आ–आफ्नो अनुभवहरू आदानप्रदान गरिएको थियो । 

    सोहि अनुभवहरूलाई समेट्दै संस्थाका अध्यक्ष दिलिप देवकोटाले आफ्नो कार्यकालमा भई रहेका गतिविधिहरूलाई जोड दिदैँ आगामी दिनमा संस्थालाई अझै उचाइमा पुर्याउनका लागि अगाडि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गरे । 

    समापन कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहयोग र सहभागिताको लागि भिमसेन थापा गाउँपालिका, स्थानीय बासिन्दा, हेड्स नेपालको स्थानीय बगुवा शाखा, गोरखा शाखा, प्रदेश र केन्द्रीय समिति, शिक्षा उप–समिति, विद्यालयहरू, छात्र–छात्राहरू, कामना ईन्टरनेशनल कलेजलगायत हेड्सप्रेमीहरूलाई संस्थाका महासचिव दिव्य राज पौडेलले धन्यवाद ज्ञापन गरे । 

    images
    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १३:२८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij