Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपि पावरको नवीन अभियान: सौर्य उर्जा उत्पादन र सामाजिक विकास सँगसँगै

अपि पावरको नवीन अभियान: सौर्य उर्जा उत्पादन र सामाजिक विकास सँगसँगै


  • 2.1K
    Shares

    • images
    अपि पावरको नवीन अभियान: सौर्य उर्जा उत्पादन र सामाजिक विकास सँगसँगै

    काठमाडौं । नेपालको उर्जा क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिँदै आएको अपि पावर कम्पनी लिमिटेडले जीतपुरसिमरा उपमहानगरपालिका-२३ स्थित आदर्श आधारभूत विद्यालय, बेहरा नहर क्याम्पमा अध्ययनरत ३५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री (ब्याग, कापी, कलम, जुत्ता) वितरण गरेको छ। कार्यक्रमको सभापतित्व कम्पनीकी अध्यक्ष श्रीमती सृजना खड्काले गरेका थिए ।

    विद्यार्थीहरू नै राष्ट्र निर्माणका आधारशिला हुन्

    कार्यक्रममा बोल्दै अपि पावरका कार्यकारी निर्देशक सञ्जिव न्यौपानेले विद्यालय र शिक्षक टोलीप्रति आभार प्रकट गर्दै भने, “विद्यालयले यस्तो सहयोगका लागि स्थान र वातावरण मिलाएर सहयोग गर्नु भयो, त्यसका लागि धन्यवाद दिन चाहन्छु। अपि पावर कम्पनीले सामाजिक कार्यहरूलाई केवल कार्यक्रमको रूपमा होइन, राष्ट्र निर्माणको आधारको रूपमा लिन्छ। हामीले सुरु गरेको सानो कामले बालबालिकाको भविष्य उज्यालो बनोस् भन्ने कामना गर्छौं।”

    उनले थप भने, “विद्यार्थीहरू नै भोलिको देशका नेतृत्वकर्ता हुन्। हामी यस क्षेत्रका समुदायसँगै सहकार्य गर्दै, शिक्षा, स्वास्थ्य, पूर्वाधार र वातावरण संरक्षणमा निरन्तर लागिरहनेछौं।”

    उर्जा मात्रै होइन, भविष्यको लागि पनि अपि पावरको लगानी

    कम्पनीका सञ्चालक द्वारिका न्यौपानेले भने, “हामी उर्जामा मात्र सीमित छैनौं, हामी देशका भावी इन्जिनियर, वैज्ञानिक र प्रशासक यही विद्यालय, यिनै विद्यार्थीहरूबाट निस्कुन् भन्ने सपना बोकेर सामाजिक क्षेत्रमा काम गर्दैछौं। आजको यो सानो सहायताले पनि विद्यार्थीको आत्मविश्वास बढ्न सक्छ। यसले परिवर्तन ल्याउने ठूलो शक्ति राख्छ।”

    उर्जामार्फत समाजलाई सकारात्मक रूपान्तरण

    कम्पनीका अर्का सञ्चालक मिलन खड्काले कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “अपि पावर सधैं समयअनुसारको प्रविधि, वातावरणमैत्री दृष्टिकोण र सामाजिक उत्तरदायित्वका साथ अघि बढिरहेको छ। हामी स्वच्छ र दिगो उर्जा समाधानहरूमा केन्द्रित छौं। यस्ता कार्यक्रमहरूले बालबालिका र स्थानीय समुदायको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरेका छौं।”

    उनले थप भने, “हामी जहाँ आयोजना बनाउँछौं, त्यहाँको समुदाय र वातावरणलाई ध्यानमा राखेर काम गर्छौं। कम्पनीको सामाजिक उत्तरदायित्व यो ऋक्च् कार्यक्रम मात्र होइन, यो हाम्रो मूल्य र दर्शन हो। भविष्यमा पनि हामी यस्ता कार्यलाई निरन्तरता दिन तयार छौं।”

    स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रिया

    पूर्व वडा अध्यक्ष असलम देवानले कार्यक्रममा बोल्दै भने, “हामीले धेरै आयोजना देखेका छौं, तर अपि पावरजस्तो सामाजिक भावना बोकेको कम्पनी दुर्लभ छ। विद्यार्थीहरूको जीवनमा प्रभाव पार्ने कार्यले समाजमा सकारात्मक सन्देश दिन्छ। आगामी दिनमा पनि यो सहयोग निरन्तर चलिरहोस् भन्ने अपेक्षा राखेको छु।”

    विद्यालयका प्रधानाध्यापकले पनि विद्यार्थीहरूको अनुहारमा आएको खुसी देख्दा आफू भावुक भएको भन्दै अपि पावरलाई धन्यवाद दिए। “हाम्रो विद्यालय सीमित स्रोतसाधनमा चलिरहेको छ। यस्ता सहयोगहरूले विद्यार्थीको हौसला बढाउँछ। आशा छ, आगामी दिनमा पनि अपि पावरको साथ रहि रहनेछ।”

    समयमै आयोजना सम्पन्न गर्ने सफल कम्पनी

    स्थानीय व्यवसायी प्रकाश वाग्लेले अपि पावर कम्पनीको प्रशंसा गर्दै भने, “सिमरा क्षेत्रमा १ मेगावाट सौर्य आयोजना बनाउँदा कम्पनीले समयमै काम सम्पन्न गर्‍यो, जुन निकै सराहनीय कुरा हो। सँगै, यस्ता सामाजिक कार्यहरू गरेर अपि पावरले नाफा मात्र होइन, समाजप्रति दायित्व पनि बुझाएको देखिन्छ। यस्तो कम्पनीले समाज परिवर्तनमा ठूलो योगदान दिन सक्छ।”

    सौर्य आयोजनामा अपि पावरको सफल यात्रा

    अपि पावर कम्पनी लिमिटेडले हाल पर्वानीपुरमा ८ मेगावाट क्षमताको सौर्य परियोजना निर्माण कार्य अघि बढाइरहेको छ। यसअघि कम्पनीले धल्केबरमा १ मेगावाट, सिमरामा १ मेगावाट, र चन्द्रनिगाहपुरमा ४ मेगावाट क्षमताका सौर्य आयोजनाहरू सफलतापूर्वक निर्माण गरिसकेको छ।

    कार्यक्रममा सहभागी भएका पूर्व सञ्चालकहरू सतीश न्यौपाने र इन्द्रमणि त्रितालले पनि कम्पनीले सामाजिक उत्तरदायित्वमा देखाएको निरन्तरताको प्रशंसा गर्दै भने, “हामीले शुरुवात गरेका धेरै कामहरू आज अझै बलियो भएर अगाडि बढिरहेका छन् भन्ने देख्दा गर्व महसुस भएको छ। अहिलेको बोर्डले जुन शैलीमा निरन्तरता दिएको छ, त्यो सराहनीय छ।”

    अपि पावर स् उर्जाबाट समाजसम्म

    अध्यक्ष सृजना खड्काले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “हामीले आयोजना बनाउँदा स्थान मात्र हेर्दैनौं, त्यहाँका मानिसहरू, बालबालिका र सामाजिक अवस्था बुझेर त्यहाँको समग्र विकासलाई पनि ध्यानमा राख्छौं। अपि पावरको उर्जा उत्पादनसँगै सामाजिक विकास पनि सँगै अघि बढ्नेछ।”

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - ११:०९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij