२०८२ चैत्र २ गते सोमवार
नेकपा एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रसँग सहकार्य गर्न आग्रह गरेका छन्।
मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले माओवादीसँग सहकार्य गर्न रावललाई आग्रह गरे।
‘भीम रावलसंग हिजो मात्र फोनमा कुरा भएको थियो, उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो,’ प्रचण्डले भने, ‘मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ। आउनुस्, हामी बसेर कुरा गरौं, सहकार्य गरौं भनेँ। उनले थपे, ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु।’
प्रचण्डले माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुने भन्दै २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन अपिल समेत गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij