२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ।
दमक–५ निवासी बुढाथोकीको आज बिहान आफ्नै निवासमा ७२ वर्षकाे उमेरमा निधन भएको हो।
उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। विसं २०४९ काे स्थानीय तहको निर्वाचनमा बुढाथोकी एमालेबाट दमकाे मेयरमा निर्वाचित भएका थिए।
पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए।
उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। पूर्वनगर प्रमुख बुढाथोकीको निधनप्रति दमक नगरपालिकाकी उपप्रमुख रेगना भट्टराई प्रसाईंले समवेदना व्यक्त गरेकी छन्।
उनले स्वर्गीय बुढाथोकीले नगर विकास, सामाजिक सेवा र नेतृत्वदायी भूमिकामार्फत दमकको समृद्धिमा पुर्याएको योगदान सदैव स्मरणीय रहने पनि बताएकी छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij