Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेती नदीमा हामफालेका २१ वर्षका युवकको उद्धार

सेती नदीमा हामफालेका २१ वर्षका युवकको उद्धार


  • 2.5K
    Shares

    • images
    सेती नदीमा हामफालेका २१ वर्षका युवकको उद्धार

    शुक्रबार राति पोखरास्थित सेती नदीमा हामफालेका एक युवकको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरेको छ।

    पोखरा महानगरपालिका १० पृथ्वी चोकस्थित चाइनापुलबाट सेती नदीमा हामफालेका अन्दाजी २१ वर्षका युवकको तत्कालै उद्धार गरिएको सशस्त्र प्रहरी वलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

    उद्धार गरिएका युवकको पहिचान खुल्न बाँकी छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  

    युवकले सेतीमा हामफालेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी वल नम्बर २४ कालीका गणबाट खटिएको विपद् व्यवस्थापन टोलीले गएराति ९:३५ बजे ती युवकको उद्धार गरेको हो। 

    करिब ४५ मिनेटको प्रयासमा रोप रेस्क्यू प्रयोग गरि उनको उद्धार गरिए डीएसपी थापाले बताए। 

    ती युवक पुलबाट अन्दाजी एकसय मिटर तल सेती नदीको खोंचबाट अर्धचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :जेठ ३ २०८२ शनिवार - ०८:५५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij