Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ


  • 5.4K
    Shares

    कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ । पछिल्लो समय भिजिट भिसामा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने क्रम बढेको छ ।

    भिजिट भिसामा कम्बोडिया पठाएर क्यासिनोमा काम लगाइदिने भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले मकवानपुर भवानचुलीका आयुष मोक्तानलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

    उनले क्यासिनोमा बोस गार्डको काम दिलाइदिन्छु भन्दै प्रलोभनमा पारेका हुन् । उनी काभ्रेपलान्चोक पाँचखालका प्रमेबहादुर तामाङसहित ६ जनालाई भिजिट भिसामा कम्बोडिया जान प्रति व्यक्ति साढे ६ लाख लाग्छ भनेर सबैबाट ३९ लाख रकम असुलेर फरार रहेका थिए ।

    आयुष मोक्तानलाई गएको शुक्रबार पक्राउ गरी थप अनुसन्धानको लागि हिजो वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको अपराध महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १३:५४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij