२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । चितवनको लङ्खुका स्थानीयवासी नवीन सापकोटाले रोजगारीदेखि अन्य कामका लागि अष्ट्रेलिया गएका नेपाली नागरिकहरुलाई आवश्यक पर्ने सरकारीदेखि अन्य व्यक्तिगत काम समाधानका लागि एक सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिएका छन् ।
करिब दुई वर्षदेखि अष्ट्रेलिया, मेलबनमा आइटी सम्बन्धि काम गर्दै आएका सापकोटा लगायतले ‘भेट्छ एप’ निर्माण गरी नेपालबाट त्यहाँ गएका नागरिकहरुलाई आवश्यक पर्ने बसाई, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अत्यावश्यक विषयमा उक्त सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने बताएका छन् ।
उनले भने, “ विदेशमा गएका नेपाली युवा युवतीहरुलाई कुलतबाट छुटाउनेदेखि सामाजिक क्षेत्रमा काम गर्ने र विदेशमा गएका नेपाली युवाहरुलाई सहयोग गर्नकालागि उक्त उक्त एपले महत्वपूर्ण काम गर्ने गरेको । उक्त एपमा कहाँ के छ बुझन अनि फेसबुक जस्तै समस्याहरु समाधानका लागि पोष्ट गर्न मिल्ने छ ।”
अष्ट्रेलिया सरकारद्धारा मान्यता प्राप्त एप भएकाले यसबाट कसैले पनि दुस्ख नपाउने सापकोटाले दाबी गरे । उनका अनुसार हाल उक्त एपमा चार हजार प्रयोग कर्ता रहेका छन् । मेलबनमा १९ मार्च २०२५ मा पूर्वउपसभामुख एवं नेपालका लागि अष्ट्रेलियाका राजदुत चित्रलेखा यादव तथा शेष घलेले उक्त एपको उद्घाटन गरेका थिए ।
उक्त एपमार्फत कोठा खोज्ने, यात्रा गर्ने, सवारी चालक लाइसेन्स लिने लगायत थुप्रै कामबारे जानकारी लिन र दिन सकिने भएकाले अष्ट्रेलिया गएर अप्ठेरोमा परेका नेपाली नागरिकले उक्त एपमार्फत आफुलाई आवश्यक पर्ने सम्पूर्ण चिजको बारेमा हातैमा जानकारी लिन सकिने सापकोटाले बताए
।
उनले भने, “दैनिक जीवनमा आवश्यक सबै सूचना एकै ठाउँमा भेट्न सकिने गरी एउटा एप बनाउने निर्णय अनुसार अष्ट्रेलियामै पढेर नेपालमा आइटी क्षेत्रमा काम गरिरहेका निराजन कँडेल र अमेरिकामा रहेका आशिष पङ्गेनीसँग कुरा गरेर हामीले यो एप बनाएका हौँ । तीन महिनाअघि ‘भेट्छ एप’ निर्माण गरी प्रयोगमा ल्यायौँ, अहिले सबैलाई सहज भएको छ ।”
आफुहरु अष्ट्रेलियामा गएको समयमा त्यहाँको बारेमा जानकारी नपाउँदा समस्यामा परेपछि उनीहरुले उक्त एप खोलेको बताइएको छ । नवीनले यसको मार्केटिङसँगै अस्ट्रेलियामा हुने कामको सबै पक्ष हेर्ने गर्नु भएको छ । अमेरिकामा रहनु भएका आशिष कम्प्युटर इञ्जिनियर र नेपालमा रहनु भएका निराजन आइटी इञ्जिनियर गरी तीनै जनाले जिम्मेवारी बाँडफाँट गर्नु भएको छ ।
हाल भेट्छ एप अमेरिकामा र अस्ट्रेलियामा सुरू भएको छ । चाँडै क्यानडा, बेलायत र न्युजिल्यान्ड पुर्याउने गरी काम भइरहेको सञ्चालकहरुको भनाई छ । आगामी दुई वर्षभित्र नेपालीहरूको सङ्ख्या धेरै रहेका अधिकाङ्श देशमा विस्तार गर्ने उनको लक्ष्य रहेको छ ।
यो एपलाई हरेक नेपालीले आफूलाई आवश्यक र आफ्नो जिज्ञासाको सूचनाको स्रोत बनाउन् भन्ने आफ्नोे लक्ष्य रहेको नवीनले बताए । उनका अनुसार ‘भेट्छ एप’ मा नेपालीलाई चाहिने सबै महत्त्वपूर्ण सूचनाहरू राखिएको र अस्ट्रेलियामा हुने सबै खालका गतिविधिको जानकारी पनि राखिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij