Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

सर्लाहीबाट हतियारसहित भारतीय नागरिक पक्राउ

सर्लाहीबाट हतियारसहित भारतीय नागरिक पक्राउ


  • 4.3K
    Shares

    सर्लाहीबाट हतियारसहित भारतीय नागरिक पक्राउ

    सर्लाही । सशस्त्र प्रहरी बलले सर्लाहीमा हतियारसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    आइतबार राति सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट खुटौनाले मलंगवा नगरपालिका ६ खुटौनाबाट भारत सितामढी जिल्ला बिसनपुरका २२ वर्षीय सकलदिप कुमारलाई पक्राउ गरेको हो ।

    उनको साथबाट २ नाल कटुवा पेस्तोल, त्यसको २ राउण्ड गोली र २ सय ग्राम चरेस समेत बरामद भएको सशस्त्र प्रहरी हेडक्वार्टरले जनाएको छ ।

    उनी भारतीय नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्रले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १३ २०७८ सोमवार - १३:४३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij