Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन, सामाजिक सञ्जालमा कसैले फोटो राख्नुपर्दैन: शाक्य

अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन, सामाजिक सञ्जालमा कसैले फोटो राख्नुपर्दैन: शाक्य


  • 1.5K
    Shares

    • images
    अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन,  सामाजिक सञ्जालमा कसैले फोटो राख्नुपर्दैन: शाक्य

    काठमाडौं । हिजो बेलुका बिजुली झ्याप्प-झ्याप्प भएको विषयमा प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्युत् प्राधिकरणको  प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ हुदै नहुने बताएका छन् ।

    हिजो बेलुका ६:३८ बजेदेखि देशको अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द भएको थियो । ढल्केवर आसपास चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या हुँदा विद्युत अवरोध भएको शाक्यले बताएका छन् ।

    शाक्यले भने, ‘सामाजिक सञ्जालमा अब लोडसेडिङ सुरू भयो भनेर गरिएको प्रचार गलत हो । हिजो ढल्केवर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले विद्युत् आपूर्तिमा समस्या ल्याएको थियो तर करिब २ घण्टापछि त्यो समस्या समाधान भएको थियो । 

    मौसमजन्य गतिविधिको कारण विद्युतीय संरचनामा भएको क्षति तथा विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालका भनाइमा सत्यता छैन । अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन ।’

    विद्युत आपूर्ति बन्द हुनासाथ आफैँ विद्युत् प्रणाली सञ्चालन विभाग स्यूचाटार पुगी भारबारे जानकारी लिएको उनले बताएका छन् । ढल्केवर पश्चिमको १३२ तथा अन्य १३२, ३३ र ११ केभी लाइनमा रुख ढली पोल तथा कन्डक्टरमा क्षति पुगेकाले सबै क्षेत्रमा एकै समयमा बिजुली पुर्‍याउन नसकिएको शाक्यले बताएका छन् । आगामी दिनमा यस्ता समस्या नदोहोरिन तत्कालीन दीर्घकालीन योजना बनाइने उनको भनाइ  रहेको छ ।

    प्रकाशित मिति :जेठ २ २०८२ शुक्रवार - १३:४५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij