२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर९३ मा प्रवेश गरेको छ ।
थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो ।
हङकङसंग समान ५ अंक भए पनि नेपाल बढी जितका आधारमा अघि सुपर-३ मा पुगेको हो । नेपालले ४ खेलमा २ जित, १ हार र १ खेलमा अंक बाडेर ५ अंक जोड्यो । यस्तै हङकङको ४ खेलमा १ जित र ३ अंक बाड्दा समान ५ अंक बनाएको थियो ।
नेपालले अब सुपर- ३ मा यूएई र थाइल्याण्डसँग खेल्नेछ । सुपर-२ का शीर्ष-२ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij